परराष्ट्रमन्त्री ज्ञवालीद्वारा रसुवागढी विद्युत्गृहको निरीक्षण

admin

रसुवा, २३ असोज : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दुई विद्युत्गृहको शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेँसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गरेका हुन् ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

उनले यसै गरी गल्छी-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेँसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए । भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मंगलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ ।

प्रतिक्रिया