अब धुलिखेलमा पनि मानव कल्याण आश्रम सेवा घर

अस्मिता बेल्बासे

काठमाडौं, २३ असोज : सडकमा अलपत्र परेकाहरुलाई नवजीवन प्रदान गर्दै आएको मानव कल्याण आश्रम सेवा घर धुलिखेलमा पनि खुलेको छ ।

विगत २ वर्षदेखि भक्तपुरलाई कार्यक्षेत्र बनाएर सडकमा कष्टकर जीवन बिताउन बाध्य नागरिकहरुको गाँस, बाँस, कपास, स्वास्थ र सुरक्षा प्रदान गर्दै आएको मानव कल्याण आश्रम सेवा घरको शाखा काभ्रेको धुलिखेलमा खुलेको हो ।

शुक्रबार धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जु मानव कल्याण समाजकी अध्यक्ष विमला शर्मा चौलागाईंको प्रमुख आतिथ्यतामा पहिलो शाखाका रुपमा धुलिखेलमा पनि आश्रमले सेवा विस्तार गरेको हो ।

भक्तपुरमा मात्रै बेवारिसे, बेसहारा सडक मानवको कल्याणमा काम गर्दै आएको आश्रमले धुलिखेलमा सेवा विस्तार गरेसँगै काभ्रे र आसपासका जिल्लाहरुमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया