उपत्यकामा १४०९ जना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुग्यो

admin

काठमाडौं, २३ असोज : शुक्रबार देशभर दुई हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको कुल संख्या एक लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं १११६, भक्तपुर १३० ललितपुर १६३ गरी उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति फेला परेसँगै काठमाडौं उपत्यकामा १ हजार ४ सय ९ जना नयाँ संक्रमति थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सख्या ७३ हजार २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

यस्तै चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय पुगेको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया