काभ्रेमा एकैदिन ४३ जना कोरोना संक्रमित थपिए, निको हुने शुन्य

admin

काभ्रे, २३ असोजः काभ्रेमा आज ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अनसार एकैदिन ४३ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १४ जना महिला र १० जना पुरुष रहेका छन् । त्यस्तै बनेपाका ११ जना पुरुष र ५ जना महिलामा भाइरस संक्रमण पुष्टि भएको हो । पनौती नगरपालिकाका महिला र पुरुष १, १ जना तथा रोशी गाउँपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ९४० पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार आज एक पनि कोरोना संक्रमित डिस्चार्ज भएका छैनन् । जिल्लामा कोरोना भाइरसका कारण ८ जनाको मृ’त्यु भइसकेको छ ।

प्रतिक्रिया