काभ्रेमा सडक बालबालिका, असाहयहरुको लागि आश्रय स्थलको स्थापना

admin

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नं ४ २८ किलोमा सडक बालबालिका, असाहय र अशक्तहरुको लागि आश्रय स्थलको स्थापना गरिएको छ ।

मानव कल्याण समाज संस्थाले स्थापना गरेको आश्रय स्थलको आज नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जु श्रेष्ठलेद्धारा उद्धघाटन गरिएको हो ।

आश्रय स्थलको लागि वडा नं ४ ले पनि २४ हजार बराबरको खाद्य सामाग्री सहयोग गरेको वडा अध्यक्ष रबिन्द्र कर्मचार्यले बताउनुभयो ।

मानव कल्याण समाजले यस अघि पनि काभ्रेका करिब बालबालिका, असाहय र अशक्तहरु गरी १७ जनाको उद्धार गरेको संस्थाका केन्द्रिय अध्यक्ष एवमं काभ्रे शाखाका संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया