भक्तपुर सामूहिक ब’लात्कार प्रकरणमा थप एक जना प’क्राउ

admin

भक्तपुर : यही असोज १७ गते भक्तपुर नगरपालिका–८ को कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक ब’लात्का’र गर्नेमध्ये फरार रहेका एक जना प’क्राउ परेका छन् । उनलाई प्रहरीले झापाकाे भद्रपुरबाट प’क्राउ गरी शुक्रबार भक्तपुर ल्याएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बनाएर र भक्तपुर ल्याएर पटक–पटक ब’लात्कार गरेको अभियोगमा फरार रहेका झापा भद्रपुरका २२ वर्षीय दिपेश राई प’क्राउ परेका हुन् ।

उनलाई भक्तपुर प्र’हरी र अ’परा’ध अनुसन्धान महाशाखाको टोलीले झापा प्र’हरीसँगको समन्वयमा भद्रपुरबाट प’क्राउ गरी भक्तपुर ल्याएर अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडि बढाएको प्र’हरी परिसर भक्तपुरकी प्र’हरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक ब’लात्का’र गरी अन्य दुई जनालाई पनि बला’त्कार गर्न दिइ राई फरार भएका थिए ।

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा ३ ख २६१२ नम्बरको बसमा किशोरीलाई रातभरि पटक–पटक ब’लात्कार गरेको अभियोगमा प्र’हरीले घ’ट’नास्थलबाट सिन्धुपाल्चोक साँगाचोकगढी १० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका–४ पाङताङका घर भएका सूर्य श्रेष्ठलाई प’क्राउ गरेको थियो । उनीहरुलाई प’क्राउ गरेपछि प्र’हरीले किशोरीको उ’द्धार गरेको थियो ।

प्रतिक्रिया