श्रीमानको कुटाइबाट श्रीमतीको मृ’त्यु

राष्ट्रिय समाचार समिति

खोटाङ, असोज २३ : श्रीमानको कुटाइबाट ग’म्भीर घा’इते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृ’त्यु भएको छ ।

घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घा’इते बन्नुभएकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृ’त्यु भएको हो ।

आफ्नै घरमा श्रीमानको कुटाइ खानुभएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढल्नुभएको स्थानीय बासिन्दाले बताएका छन् ।

छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस हुनुभएकी उहाँलाई स्थानीय बासिन्दा र प्र’हरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृ’त्यु भएको मृ’तकका भाइ पदम पुरीले जानकारी दिनुभयो ।

गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृ’त्यभएपछि उहाँको श’व परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ ।

घट’नाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो
आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्र’हरी चौकी तालखर्क र जिल्ला प्र’हरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताउनुभयो ।

श्रीमान÷श्रीमतीबीच बिहान करीब ५ बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कु’टपि’ट गर्नाका साथै लोहोरो प्र’हार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन् । रासस

प्रतिक्रिया