नेपालमा थपिए एकैदिनमा अहिलेसम्मकै सर्वाधिक संक्रमित, थप १४ जनाको मृ’त्यु

admin

काठमाडौं, असोज २४ : नेपालमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १,८२३ महिला र ३,१८५ पुरुष गरी ५,००८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो नेपालमा एकैदिनमा पुष्टि भएको हालसम्मकै सर्वाधिक संख्या हो ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै २,१०० जना रहेका छन् । ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १९,३२० ओटा नमुनाको ‘पीसीआर’ परीक्षण गरिएकोमा ६८ जिल्लामा सो संख्यामा संक्रमित थपिएका हुन् ।

नेपालमा एकैदिनमा गरिएको पीसीआर परीक्षणको सो संख्या पनि हालसम्मकै सबैभन्दा बढी हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १०५,६८४ पुगेको छ ।

थप १४ जनाको मृ’त्यु
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई महिला र १२ पुरुष गरी १४ जनाको मृ’त्यु भएको छ । योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ६१४ पुगेको छ ।

थप १,२२९ ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट १,२२९ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७४,२५२ पुगेको छ ।

३० हजार नाघे सक्रिय संक्रमित
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३०,८१८ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३२१ जना ‘आईसीयू’ र ७७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया