डाक्टर केसी पक्षसँग थप वार्ता नगर्ने सरकारको संकेत

admin

काठमाडौं, असोज २४ : सरकारले डाक्टर गोविन्द केसी पक्षसँग थप वार्ता नगर्ने संकेत गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्तीमार्फत डाक्टर गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै उहाँलाई अनसन तोड्न आग्रह गरेको छ ।

डाक्टर केसीसँग हिजो र अस्ति वार्ता गरिएको र उहाँका धेरै माग पूरा भइसकेका र केहि पूरा हुने अवस्थामा रहेको जानकारी गराइसकेको भन्दै मन्त्रालयले अनसन तोड्न आग्रह गरेको हो ।

चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली जारी भएको, बर्दिवास, बुटवल, सुर्खेत लगायतका स्थानमा सरकारी मेडिकल कलेज स्थापनाको क्रम सुरु भएको, विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तीको लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलका प्राप्त भएर कार्यान्वयको चरणमा रहेका पनि मन्त्रालयको दाबी छ ।

कोरोना महामारीको यो अप्ठ्यारो अवस्थामा अनसन अन्त्य गरिदिन पनि सरकारले डाक्टर केसी समक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया