बला त्कारबिरुद्ध कालो ड्रेस लगाएर युवतीहरुको प्रदर्शन(भिडीयोसहित)

पिएनपि खबर

२४ असोज, काठमाडौं : केही समययता देशका विभिन्न ठाउँमा बलात्कार तथा यौन हिंसाका घटनाहरु बढ्दै गइरहेका छन्। विशेष गरी पछिल्लो समयमा नाबालिकाहरुलाई बलात्कार गरेका घटनाहरु बहिर आएका छन्। ती नाबालिका तथा ती हरेक पीडित महिलाहरुको न्यायका लागि युवायुवती, महिला अधिकारकर्मी लगायतले प्रर्दशन गर्दै आएका छन्।

 

शनिबार पनि काठमाडौँको माइतीघर मण्डलामा पीडितको न्यायका लागि युवायुवतीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका छन्।

 

युवतीहरुले हातमा ‘नो मिन्स् नो, स्टप रेप, माइ ड्रेस डजनट् मिन्स् यश,’ लगायतका प्ले कार्ड बोकेका थिए भने युवाहरुले बाजा बजाएर उनीहरुको साथ दिइरहेका थिए।

 

देशमा बलात्कारका घटनाहरु बढ्दै गइरहेकाले आफूहरु सुरक्षित नरहेको उनीहरुले बताएका छन्। राष्ट्रपति जस्तो गरिमामय पदमा महिला नेतृत्व हुँदा पनि विद्यादेवी भण्डारीले महिलाको अभिभावकत्व लिन नसकेको भन्दै युवतीहरुले रोष्ट प्रकट गरेका थिए।

 

सरकारले बलात्कार गर्नेलाई सजाय दिनुपर्ने र कडाभन्दा कडा कानुन बनाउनुपर्ने युवतीहरुका माग छ। यस्ता घटनाले समाजमा महिला, बालिका असुरक्षित छन् र उनीहरुले डर त्रासमा बाचनुपर्ने अवस्था आएको छ। सरकारले बलात्कार सम्बन्धी कडा कानून बनाउनुपर्ने उनीहरुको माग पनि गरे।

 

प्रतिक्रिया