राप्रपामा थपिए ४०० केन्द्रीय सदस्य (नामावलीसहित)

admin

काठमाडौं, २५ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार ४०० जना केन्द्रीय सदस्य थपेर केन्द्रीय समिति ७२७ सदस्सीय बनाएको छ । पार्टीका तीन अध्यक्षहरुको भागबण्डाको आधारमा केन्द्रीय समिति विस्तार गरिएको पार्टी स्रोतले जनाएको छ ।

पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धी आधारपत्र बमोजिम तीन अध्यक्षको सहमतिमा केन्द्रीय कार्य समिति विस्तार गरिएको पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि गत जेठ २९ मा राप्रपाले ३२७ जनाको केन्द्रीय समिति गठन गरेको थियो । सोही बेला राप्रपाले ८२ जनाको कार्यसम्पादन समिति र १३ सदस्सीय सचिवालय कार्य व्यवस्था समिति समेत गठन गरेको थियो ।

तत्कालीन राप्रपा र राप्रपा संयुक्त एकीकरण भएको पार्टीमा हाल कमल थापा, पशुपति शमशेर राण र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेका छन् भने पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द केन्द्रीय समिति र कार्यसम्पादन समितिको पदेन सदस्य रहेका छन् ।

यो लिंकमा हेर्नुस्, थपिएका केन्द्रीय सदस्यको नामावली

https://drive.google.com/file/d/1YRyudKUGjr2OSh_pFUQXJelRfyxIcky1/view

प्रतिक्रिया