चर्चित अभिनेत्री काजल अग्रवालको विवाह हुँदै, को हुन् दुलाहा?

admin

साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल बैबाहिक जीवनमा बाँधिने भएकी छन् । उनी स्वयंले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् ।

उनले विवाहको मिति पनि सार्वजनिक गरेकी छन् । उनका अनुसार, आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको छ ।

कोरोनाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । विवाहको बारेमा जानकारी दिँदै उनले भनेकी छन्, ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं । म विश्वस्त छु कि तपाईंहरु पनि खुसी हुनुहुन्छ ।’ काजललाई साउथकी सबैभन्दा सुन्दरी अभिनेत्री भन्ने गरिन्छ ।

उनी गएको १६ वर्षदेखि फिल्म अभिनयमा सक्रिय छिन् । ‘क्यों हो गया ना’ बाट अभिनय करिअर सुरु गरेकी उनले साउथसँगै बलिउड फिल्ममा पनि राम्रो पहिचान बनाएकी छन् । १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

काजलको करिअरको सबैभन्दा ब्लकबस्टर फिल्म ‘मगधीरा’ हो । यो फिल्मको सफलताले उनलाई साउथ इन्डस्ट्रीमा सुपरस्टारको लाइनमा उभ्याएको थियो । कोरोना महामारीभन्दा अगाडि ‘इन्डियन २’ को छायांकनमा व्यस्त रहेकी उनी अजय देवगनसँग सन् २०११ मा फिल्म ‘सिंघम’ मा देखिएकी थिइन् । उनले जोन अब्राहमसँग हिन्दी फिल्म ‘मुम्बई सागा’ मा पनि काम गरेकी छन् ।

प्रतिक्रिया