मिडियाको वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी सम्मानित

अस्मिता बेल्बासे

काठमाडौं, २६ असोज : एन पि स्टार मिडियाले आफ्नो स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा मिडियामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ । मिडियाले वर्षभरी उतकृष्ट कार्य सम्पादन गर्ने चार जना पत्रकार तथा कर्मचारीलाई सम्मान गरेको हो ।

ताजा पत्रिकाका प्रधान सम्पादक अर्जुन विष्टले अनलाइनबाट सुरु गरिएको यात्रालाई यो स्थानसम्म ल्याउन पाउँदा खुशी लागेको बताएका छन् । मिडिया जनताप्रतिको जिम्मेवारी भएकोले सँधै सबैलाई समान सूचना दिने र स्वतन्त्रपूर्वक समाचार सम्प्रेषण गर्नुपर्ने विष्टको भनाई छ ।

त्यस्तै मिडियाका अध्यक्ष बिरेन्द्र ओलीले मिडिया र मिडियाकर्मी सँधै जिम्मेवार हुनुपर्ने बताए । ३ वर्ष सम्म आइपुग्न विभिन्न आरोह अवरोह भएपनि सफलताका सात २ वर्ष पारगरेको अध्यक्ष ओलीले जनाएका छन् । समिक्षात्मक विवरण राख्दै अध्यक्ष्य ओलीले सत्यपरक खोज पत्रकारिताबाट मात्रै आमनागरिक प्रतिको विश्वास जित्न सकिने बताए ।

पत्रकार तथा कर्मचारी सम्मानित
तेस्रो वर्ष प्रवेशको अवसरमा एन पी स्टार मिडियामा कार्यरत उतकृष्ट कर्मचारी तथा पत्रकार सम्मानित भएका छन् ।

ताजा पत्रिका डटकममा कार्यरत पत्रकार गमान सिङ घर्ति, मिडियाका प्राविधिक सल्लाहकार बिरेन्द्र बटाला, गण्डकी प्रदेश प्रमुख सुजन विस्वकर्मा र दार्चुला संवाददाता गणेश सिंह धामीलाई मिडियाका प्रधान सम्पादक अर्जुन विष्ट र अध्यक्ष्य बिरेन्द्र ओलीले सम्मान गरेका थिए ।

प्रतिक्रिया