फेरि लकडाउन गर्ने कुनै योजना छैन, भिड हुने सरकारी कार्यालय कात्तिक १ देखि बन्द गर्न सुझाव

admin

काठमाडौं, २६ असोज : सरकारले लकडाउनको सोच नबनाएको तर कात्तिक १ गते देखि भिड हुने सरकारी कार्यालय बन्द गर्न सुझाव दिएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताएका छन् ।

एक अनलाइन पत्रिकासँग कुरा गर्दै ज्ञवालीले सरकारले अहिले त्यस्तो सोच नबनाएको, विकल्पका बारेमा विज्ञहरूको राय-सुझाव लिइरहेको बताएका हुन् । अहिले लकडाउनका सम्बन्धमा केही पनि योजना नभएको उनले बताएका छन् ।

उनले काठमाडौंमा चुनौती थपिनुमा तीन-चारवटा कारण रहेको औंल्याएका छन् । सार्वजनिक यातायातमा भीडभाड बढेको र संक्रमण फैलिएको हुनसक्ने उनले औंल्याए । त्यस्तै बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि संक्रमण फैलाउन मद्दत गरेको उनको भनाइ छ ।

यसै सन्दर्भमा उनले भनेका छन्, “यी सबै कारणले कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै भएको र यो चुनौतीपूर्ण देएिको छ,” “यसबारे हामीले विभिन्न कोणबाट अध्ययनहरू गरिरहेका छौं । विज्ञका सुझाव लिइरहेका छौं । अहिले पनि हाम्रो विश्वास, स्वास्थ्य प्रोटोकल पालना भयो भने, संक्रमितहरूलाई आइसोलेट गरेर राख्न सक्ने हो भने नियन्त्रणभित्रै छ । यही क्रम बढ्दै गए संक्रमितहरूको संख्यामा गुणात्मक वृद्धि आउँछ । योप्रति चिन्ता हो । तथापि, लकडाउनको सोच बनेको भने छैन ।”

यस्तै कात्तिक १ गतदेनि सेवाग्राहीहरूको घुइँचो लाग्ने सरकारी कार्यालय बन्द गर्ने कि भनेर पनि सुझाव आएको उनले बताए । “सेवाप्रदायक कार्यालयहरूमा भीडभाड बढेको छ । त्यसलाई केही ढिला गर्दैमा बिग्रिइहाल्दैन भनेर पनि सुझाव आएका छन् । सबै कार्यालय बन्द गर्ने होइन । केही सेवा पर सार्ने कि भनेर छलफल चलिरहेको छ । सुझाव लिइरहेका छौं । कुनै निष्कर्षमा पुगिसकेका छैनौं,” उनले भने ।

प्रतिक्रिया