गाईको मासुसहित तीन जना प’क्राउ

राष्ट्रिय समाचार समिति

बाँके, असोज २७ : बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना प’क्राउ परेका छन्।

प’क्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्र’हरी कार्यालय धनौलीले जनाएको छ।

उनीहरूलाई सात किलो गाईको मासु, हड्डी र छालासहित प’क्राउ गरिएको बाँकेका प्र’हरी प्रमुख एंव प्र’हरी उपरीक्षक ओमबहादुर रानाले बताए।

अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्र’हरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो।  घ’टना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्र’हरी उपरीक्षक रानाले बताए।

प्रतिक्रिया