कोरोनामुक्त भएपछि चुनावी अभियानमा सहभागी ट्रम्प

अस्मिता बेल्बासे

एजेन्सी, २७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त भएपछि फ्लोरिडाको चुनावी अभियानमा सहभागी भएका छन् ।

ट्रम्पको चुनावी अभियानमा हजारौं सहभागी भएका थिए । ट्रम्पले नोभेम्बर ३ मा जोय बिडेनसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । दोस्रो कार्यकालका लागि ट्रम्पले बिडेनको कडा चुनौतीका सामना गर्नुपर्ने हुन्छ ।

यसअघि कोरोना संक्रमणका कारण ट्रम्प केही दिन अस्पताल भर्ना भएका थिए । अस्पतालबाट उनी कारको यात्रामा समेत निस्किएका थिए । 

प्रतिक्रिया