अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चल्दै

admin

काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ । उनीहरुबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे छलफल भइरहेको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका हुन् ।

अविश्वासको प्रस्ताव फिर्ता गर्न भन्दै अध्यक्ष दाहाल सोमबारदेखि नै नेताहरुसँगको छलफलमा व्यस्त भएका छन् । प्रधानमन्त्री ओलीसँग छलफल गरेर जतिसक्दो छिटो प्रस्ताव फिर्ता गर्न निर्देशन दिन लागिएको नेकपा स्रोतले जनाएको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना समूहका नेतालाई प्रस्ताव फिर्ता गर्न निर्देशन दिइसकेको र अध्यक्ष दाहालले पनि पूर्वमाओवादीका नेताहरुलाई त्यसैअनुसारको आग्रह गरेकाले अविश्वासको प्रस्ताव फिर्ता हुने सम्भावना बढेको नेकपा कर्णाली प्रदेशका नेताहरुले बताएका छन् ।

अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गने नेपाल समूहका ७ जना मंगलबार बोलाएको दलको बैठकमा नै नगएर पछि हटेपछि सो संकट तत्काल टरेको छ । यसैबीच दाहाल बालुवाटार पुगेर ओलीसँग भेटेलगत्तै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई पनि बालुवाटार बोलाइएको छ ।

प्रतिक्रिया