शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्नेलाई सचेतको जिम्मा दिए

admin

काठमाडौं, २७ असोज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले आफैविरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् ।

कालीकोटका प्रदेशसभा सदस्य शाहीले गत आइतबार मुख्यमन्त्री तथा दलका नेता महेन्द्र शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । त्यसको दुई दिनपछि (आज) मंगलबार मुख्यमन्त्री शाहीले कुर्मराजलाई सचेतक नियुक्त गरेका हुन् ।

केन्द्रका केही नेताहरुले असन्तुष्ट पक्षलाई नै सहमतिमा ल्याउने प्रयास गरेपनि ओलीपक्ष सहमतिमा नआएपछि मध्यस्तकर्ताको भूमिका निर्वाह गरेका नेताहरुले माधव नेपाल समूहका हस्ताक्षर कर्ताहरुलाई सहमतिमा ल्याएका हुन् ।

माधव कुमार नेपाल समूहलाई सहमतिमा ल्याउन मुख्यमन्त्री शाही पक्ष मन्त्रिपरिषद् पुनर्गठन र खाली रहेको सचेतक पदमा माधव नेपाल समुहका नेताहरुलाई लैजान तयार भएको स्रोतको भनाई छ । सोमबार दलका नेता शाहीले गुलावजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

प्रतिक्रिया