सक्रिय संक्रमितको संख्या झन्डै ३६ हजार, पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गयो

admin

काठमाडौं, २७ असोज : मंगलबार तीन हजार पाँच सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या एक लाख १५ हजार तीन सय ५८ दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौंमा एक हजार सात सय ४६, भक्तपुरमा एक सय ६७ र ललितपुरमा दुई सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै उपत्यकामा मात्रै दुई हजार एक सय २९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ७८ हजार सात सय ८० पुगेको छ । अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया