काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिए

admin

काभ्रे : काभ्रेमा गएको २४ घण्टामा ५८ जना कोरोना भईरसका संक्रमित थपिएका छन् । आज थपिनेहरुमा धुलिखेल नगरपालिकाबाट १२ पुरुष र १० महिला,पनौती नगरपालिकाबाट २ पुरुष र १ महिला ,मण्डनदेउपुर नगरपालिकाबाट ६ पुरुष र ६ महिला रहेका छन् ।

यस्तै नमोबुद्ध र पाँचखाल नगरपालिकाबाट १÷१ जान पुरुष र बनेपा नगरपालिका बाट ९ पुरुष र १० महिलामा भाईरसको संक्रमण देखीएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा संक्रमितकोसंख्या एक हजार ९५ जना पुगेको छ ।संक्रमितकोसंख्या बढ्दै जादा निको हुनको संख्या पनि बढिरहेको छ ।

जिल्लाका संक्रमित मध्ये आज मात्र ११ जना डिस्चार्ज भएका डाक्टर झाले बताउनुभयो ।हाल सम्म ६२० जना उपचार पछि निको भएर घर फर्की सकेका छन् । उनीहरु मध्ये पुरुषको संखया धेरै रहेको छ । निको हुनेमा ४०६ जना पुरुष छन् भने २१४ जना महिला छन् ।

अझै जिल्लामा ४६६ जना सक्रिय संक्रमित छन् । उनिहरु मध्ये होम आईसोलेसनमा बस्नेको संख्या धेरै छ । १२६ जना अस्पताल आईसोलेसमा र ३४० जना होम आईसोलेसनमा रहको डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया