कुखुरा चाेर्न खाेजेकाे आराेपका कु’टपि’ट, युवककाे ज्या’न गयाे

admin

दाङ: दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कु’टपिट गरी एक युवकको ह’त्या गरिएको छ । राप्ती गाउँपालिका ३ काे नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीको ह’त्या भएको छ ।

छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको ज्या’न गएको इलाका प्र’हरी कार्यालय भालुवाङका प्रमुख, प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।

बिहीबार बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको वि’वाद भएको थियो ।

वा’दविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरीमाथि कु’टपि’ट गरेपछि उनी घा’इते भएका थिए ।’ घाइते चौधरीकाे र’क्तश्रा’वका कारण ज्या’न गएको हुन सक्ने प्र’हरीले बताएको छ ।

प्रतिक्रिया