जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा नदिने

admin

भक्तपुर: जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि अत्यावश्यक बाहेकका अन्य सेवा नदिने भएको छ ।

काठमाण्डाै उपत्यकामा कोरोना भाइरसकाे सङ्क्रमण बढेको र कार्यालयकै कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार सेवा बन्द गरेको प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना निकालेर जानकारी गराउनुभएको छ ।

कार्यालयले शान्ति सुरक्षासम्बन्धी, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दाको सुनुवाइसम्बन्धी र विपद् व्यवस्थापनसम्बन्धी बाहेक अरु सेवा बन्द गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया