भाइले गरे दाइको ह’त्या

राष्ट्रिय समाचार समिति

सल्यान, असोज ३० : आफ्नै भाइले दाइको ह’त्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका –१० थापाचौरमा दाउरा प्र’हार गरी बिहीबार राति भाइले दाइको ह’त्या गरेको अभियोग लगाइएको छ ।

थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको ह’त्या गरेको बनगाड कुपिण्डे– १० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिनुभयो ।

म’दिरा सेवन गरेका भाइले दाउरा प्र’हार गरी ह’त्या गरेको अभियोग लगाइएको छ । बिहीबार साँझ देवीलालले दाइको ह’त्या गरेर श’व गाउँ नजीकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्र’हरीलाई खबर गरेका थिए ।

घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिनुभयो । जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार ह’त्या गरेको जानकारी भएको खबर आएपछि प्र’हरी पुगेर अनुसन्धान शुरु गरेको बताउनुभयो ।

प्र’हरी घ’टनास्थल पुगेर मुचुल्का उठाई श’व परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्र’हरीको जनाएको छ । रासस

प्रतिक्रिया