नेपाल टेलिकमले ल्यायो अफरै अफर

admin

काठमाडौँ : नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराएकाे छ । याे याेजना बिहीबारदेखि ९० दिन लागू हुने टेलिकमले जानकारी दिएकाे छ ।

यसैगरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफरलाई फेस्टिभल अफर उपलब्ध गराएको छ । पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएकाे कम्पनीले जनाएकाे छ ।

साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकमले जनाएको छ । अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध छ । यसअन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने भएकाे छ।

यी अफर खरिद गरे पश्चात् सहुलियत स्वरुप १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेशन प्रयोग गर्न सकिने एक जिबी डाटासमेत खरिद गर्न सकिने छ । यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब त्यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइएको छ । त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने भएको छ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत् राखिएका छन् ।

यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनै पनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी उपलब्ध हुने भएको छ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिने भएको छ ।

वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिलेभन्दा बढी हुने भएको छ । यस अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब त्यही प्याकेज १५ रुपैयाँमा उपलब्ध हुने भएको छ ।

फेस्टिभल अफरका रुपमा दशैँ/तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने भएको छ । यसमा रिचार्ज कार्डबाट ५० रुपैयाँ रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने छ । रिचार्जकार्डबाट १०० रुपैयाँ वा एमपोसबाट ५१ देखि १०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँ रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिने भएको छ । एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा त्यही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने छ ।

यसैगरी, रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुने छ । साथै, रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार हजार वा त्यसभन्दामाथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने छ ।

प्रतिक्रिया