आज ३१ सय ६७ जना कोरोना संक्रमित थपिए थपिए, १८ सय मुक्त भए

admin

काठमाडौं, कात्तिक १ : आज (शनिबार) कोरोना भाइरसका थप तीन हजार एक सय ६७ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

शनिबार निको भएर एक हजार आठ सय जना घर फर्किए भने १२ जनाको मृ’त्यु भएको छ। अहिलेसम्म नेपालमा एक लाख २९ हजार तीन सय चार जनामा कोरोना भाइरस देखिएको छ।

यीमध्ये ८९ हजार आठ सय ४० जना निको भइसकेका हुन्। अहिलेसम्म नेपालमा कोरोनाबाट सात सय २७ को मृ’त्यु भइसकेको छ।

प्रतिक्रिया