कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै पशुपतिको आर्यघाट क्षेत्र

admin

काठमाडौं : कोरोना संक्रमणबाट मृ’त्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने ख’तरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृ’त्यु भएको आशंका गरिएका श’वलाई विद्युतीय शव’दाह गृहमा ज’लाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृ’तकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृ’त्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्या’न गु’माउनेहरूको संख्या बढिरहेको छ ।

कोरोनाका कारण मृ’त्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृ’तकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृ’तकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं श’व जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया