आजदेखि सेनाको पृतनापति सम्मेलन

admin

काठमाडौं, २ कात्तिक : नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड-१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रत्येक छ-छ महिनामा नियमितरुपमा हुने यस पटकको तीन दिने सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आठ पृतनापतिले आ-आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य-पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा हुनुहुन्छ ।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौँडा, काठमाण्डौ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

प्रतिक्रिया