असई मृ’त्यु प्रकरण : ह’त्यामा संलग्न भएकाे आशङ्कामा ११ जना प’क्राउ

admin

कैलाली : कैलालीमा धा’रिलो ह’तियार प्र’हार गरी नेपाल प्र’हरीका प्र’हरी सहायक निरीक्षक (असई) को ह’त्या भएको छ । अर्का एक प्र’हरी जवान भने अझै सम्पर्कविहीन छन् ।

यसैबीच असईको हत्यामा संलग्न भएको आशङ्कामा ११ जनालाई प्र’हरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्र’हरी बिट जुगेडाका असई विकको ह’त्याका विषयमा सोधपुछका लागि ११ जनालाई प’क्राउ गरिएको प्रदेश प्र’हरी कार्यालय सुदूरपश्चिमका प्र’हरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताउनुभयो । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले प’क्राउ पर्नेको नाम भने नखुलाइएको प्र’हरीले जनाएको छ । प’क्राउ परेका व्यक्तिमाथि अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।

धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्र’हरी बिट जुगेडामा कार्यरत असई गोविन्द विकको ह’त्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महाननिरीक्षक (डीआईजी) उत्तम सुवेदीले बताउनुभयो ।

‘असईको ह’त्या गरी मोहना नदीमा शव फालिएको रहेछ । प्रारम्भिक अनुसन्धानमा अन्यत्रै हत्या गरेर नदीमा फालेको देखिएको छ’, डीआईजी सुवेदीले भन्नुभयो । उहाँका अनुसार विक र प्रहरी जवान रामबहादुर साउँद शनिबार रातिदेखि बेपत्ता थिए । २८ वर्षीय असई विकको घर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–९ को ख गाउँमा छ ।

सम्पर्कविहीन साउदको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरियाको ७ नम्बर बाहिनीको गोताखोर टोली परिचालन भएको सशस्त्रका डीआईजी (प्र’हरी नायब महानिरीक्षक) हरिशंकर बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया