काभ्रेका आज ३७ जना कोरोना संक्रमित निको भए, १३ जना थपिए

admin

काभ्रे, १६ कात्तिकः काभ्रेमा आज ३७ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३७ जना संक्रमित निको भएका हुन् । योसँगै कोरोना भाइरस जित्नेको संख्या ११४९ पुगेको छ । ७४१ ज्ना पुरुष र ४०८ जना महिलाले कोरोना भाइरसले जितेका हुन् ।


यस्तै आज काभ्रेमा १३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । जिल्लाको बनेपा नगरपालिकाका ३ जना महिला, २ जना पुरुष, धुलिखेल नगरपालिकाका ४ जना महिला र १ जना पुरुष, पाँचखालका १ पुरुष र मण्डनदेउपुरका १ महिला र १ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ५१३ रहेको छ । अस्पतालको आइसोलेसनमा ५९ जना रहेका छन् भने होम आइसोलेसनमा ४५४ जना रहेका छन् । जिल्लामा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया