ठगी र खरखजानामा संलग्न पाँच जना प’क्राउ

admin

पर्वत : जिल्ला प्र’हरी कार्यालय पर्वतले हा’तहति’यार खरखजानामा दुई र ठगीमा संलग्न तीन गरी पाँच जनालाई प’क्राउ गरेको छ। प्रमुख प्र’हरी नायव उपरीक्षक विश्वराज अधिकारीका अनुसार हा’तहति’यार खरखजाना आरोपमा समातिनेमा महाशीला गाउँपालिका–५ का ४२ वर्षीय ओमबहादुर मल्ल र ३३ वर्षीय वीरबहादुर गुरुङ रहेका छन्।

ह’तियार’सहित घुमिरहेको भन्ने सूचना पाएको प्र’हरीले उनीहरूलाई दुई थान भरुवा ब’न्दुक, पाँच सय ४० ग्राम बा’रुद र तीन सय २४ ग्राम सिसाको छ’र्रा सहित नियन्त्रणमा लिएको हो। कात्तिक आठ गते प’क्राउ परेका उनीहरूलाई कात्तिक १६ गते जिल्ला अदालत पर्वतमा पेस गरेर अ’नुसन्धान भइरहेको छ।

यस्तै, ठ’गीको आ’रोपमा जलजला गाउँपालिका–७ का ३३ वर्षीय होमनाथ जैसी, २४ वर्षीय सरोज शर्मा र बागलुङको बरेङ गाउँपालिका–२ का २३ वर्षीय प्रदीप रिजाल प’क्राउ परेका छन्।

उनीहरूले भारतमा ओरियन्स कम्पनीबाट उत्पादित हर्बल सामग्रीहरू नेपालमा ल्याई विभिन्न व्यक्तिहरूलाई त्यसको सदस्यता प्रदान गरी पिरामिडमा आधारित व्यवसाय सञ्चालन गरेको पाइएको प्र’हरीले बताएको छ। गत कात्तिक १ गते जिल्ला प्र’हरी कार्यालय म्याग्दीबाट ठगीको आरोपमा प’क्राउ परेका उनीहरूलाई कात्तिक ७ गते पर्वत प्र’ह’रीले बुझेर अनुसन्धान गरिरहेको छ।

प’क्राउ परेका तीनै जनाको मुद्रालाई बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम कारबाहीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंमा पठाइएको छ। पर्वत प्र’हरीको नियन्त्रणमा रहेका उनीहरूलाई जिल्ला अदालत पर्वतमा ठगी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया