अनलाइनमा जुवा खेलाएर ५० लाख ठ’गी, भारत र श्रीलंकाको क्यासिनोका नेपाली ‘एजेन्ट’ प’क्राउ

admin

काठमाडौं, कात्तिक १७ : लकडाउनको बेला विभिन्न प्रलोभन देखाई अनलाइनमा गेम्लिङ र बेटिङ (जुवा) खेलाएर ५० लाख ठगेको आरोपमा प्र’हरीले दुई जनालाई प’क्राउ गरेको छ।

प्र’हरीले प्यूठान नौवाहिनी गाउँपालिका-४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय डुबलाल घर्तीमगर र इमाडोल बस्ने नौवाहिनीकै २० वर्षीय सुनिल पुनमगरलाई प’क्राउ गरेको हो।

घर्तीमगरलाई नक्सालबाट र पुनमगरलाई इमाडोलबाट प’क्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। महानगरीय अ’पराध महाशाखाका अनुसार दुवैविरूद्ध आधा दर्जन व्यक्तिले ठ’गी निवेदन दिएका छन्। यी दुवै भारत र श्रीलंकास्थित क्यासिनोका नेपाली एजेन्ट रहेको प्रहरीको दाबी छ।

प’क्राउ परेकामध्ये डुबलाल भारतको स्थायी आधारकार्ड र लेखा कार्ड फेला परेको छ। उनको साथबाट प्र’हरीले ल्यापटप, मोबाइल र भारतीय आधार कार्ड बरामद गरेको छ। उनी श्रीलङ्काको वेलिजबेट क्यासिनोको नेपाली एजेन्ट रहेको पत्ता लागेको छ।

उनले दीपक गुरूङको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्डसमेत बनाएको अनुसन्धानमा देखिएको छ।  उनी भारतको सिक्किम तथा गोवामा रहेका विभिन्न क्यासिनोहरूमा जुवा खेलाउने व्यक्ति हुन्। दुवैले मोबाइलमार्फत् अनलाइनमा क्रिकेटको सट्टाबाजी गरी ठगी गरेकोबारे विभिन्न ६ जनाले जाहेरी दिएका छन्।

दिलबहादुर बुढाथोकी (दमक), अमृत गुरूङ (पोखरा), मुकुन्द थापा (भक्तपुर), गणेश केसी (पेप्सिकोला), दीपेन्द्र राई (जोरपाटी) र मदन कार्की (काठमाडौं) ले गृह-मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्र’हरी कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग हरिहरभवन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा निवेदन दिएका थिए।

असोज २५ गते महानगरीय अ’पराध महाशाखामा ती निवेदनको बोधार्थ आएको थियो। त्यसपछि अनुसन्धान थालेको प्र’हरीले आइतबार दुवैलाई प’क्राउ गरेको परिसर प्रमुख एसएसपी दीपक थापाले बताए। ‘यी दुवैको भारत र श्रीलंकाका जुवाघरमा क्यासिनो खेलाएको अनुभव छ, अनलाइनमा कसरी जुवा खेलाइयो भन्नेबारे हामी अनुसन्धान गरिरहेका छौं,’ थापाले भने।

प्रतिक्रिया