काठमाडौं, १८ कात्तिक : हुण्डी कारोबार गर्ने तीन जनालाई प्र’हरीले काठमाडौंको ओमबहालबाट प’क्राउ गरेको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई प’क्राउ गरेको हो ।
प’क्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।