प’क्राउ परे अर्नब गोस्वामी, आ’त्मह’त्याका लागि बाध्य पारेको आरोप

admin

मुम्बई, कात्तिक १९ : मुम्बई प्र’ हरीले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान संपादक अर्नब गोस्वामीलाई बुधबार प’क्राउ गरेको छ। अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आ’त्मह’त्या गर्न बाध्य पारेको आरोपमा उनी प’क्राउ परेको प्र’हरीले जनाएको छ।

यसै वर्ष महाराष्ट्र सरकारले घ’टनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो। प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ। अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।

राज्यका गृहमन्त्री अनिल देशमुखले मृ’तक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए।  उनका अनुसार यसै कारणले डिजाइनर र उनकी आमाले आ’त्मह’त्या गर्न बाध्य भएका हुन्।

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आ’त्मह’त्या गर्न बाध्य भएको उल्लेख गरेका थिए। रिपब्लिक टिभीले आरोपलाई अस्वीकार गरेको छ।

प्रतिक्रिया