काठमाडौं, कात्तिक १९ : नेपालमा पछिल्लो २४ घण्टामा ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिनुभयो ।
बितेको २४ घण्टामा १३,१४४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४४८७८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणबाट मृ’त्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १ हजार ३४ पुगेको छ ।