कालीगण्डकी कोरिडोरमा मजदुरलाई पहिरोले पुर्‍यो, पाँचजनाको मृ’त्यु

admin

काठमाडौं : नवलपरासी (पूर्व) स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका पाँचजना मजदुरको पहिरोमा पुरिएर ज्या’न गएको छ। बुधबार साँझ ५ बजे नवलपरासी (पूर्व) स्थित बुलिङटार गाउँपालिका-३ खसुवामा ती मजदुरको ज्या’न गएको हो।

कालीगण्डकीको कोरिडोरको बाटोमा जाली भर्न खटिएका मजदुरहरु माथिबाट सुख्खा पहिरो खसेर पुरिएका थिए। पुरिएकामध्ये पाँजचनाको ज्या’न गएको जिल्ला प्र’हरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।

घ’टनामा ज्या’न गु’माउनेहरूमा नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिका-४ बस्ने २० वर्षीय गोपाल गरञ्जा, गरञ्‍जाकै गाउँका करिब ४३ वर्षीय सुन बहादुर पुलामी, २० वर्षीय तारा बहादुर लुङ्गेली, अर्का २० वर्षीय चेत बहादुर अस्लामी र करिब २९ वर्षीय तुलबहादुर सारु रहेका छन्।

घ’टनामा घा’इ’तेहरूमा बुलिङटार गाउँपालिका-४ बस्ने १९ वर्षीय केवल सिंह लुङ्गेली र २१ वर्षीय कृष्ण सिंह लुङ्गेली छन्। उनीहरुको खुट्टामा चो’ट लागेको छ भने अवस्था ख’तरामुक्त रहेको छ। जिल्ला प्र’हरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी निरीक्षक विशाल तामाङले यस घ’टनाबारेमा थप अ’नुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया