अर्नव गोस्वामी १४ दिन हिरासतमा

admin

काठमाडौं, कात्तिक २० : भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ।​

अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आ’त्मह’त्याका लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।​

अर्नव गोस्वामीका वकील अबाद पोंडाले धरौटीमा रिहाईका लागि निवेदन दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबार हुने छ। ​

२०१८मा ईन्टेरियर डिजाईनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृ’त्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधबार घरबाटै प’क्राउ गरिएको थियो। पछिल्लो समय उनी मुम्बई प्र’हरी र महाराष्ट सरकारको आलोचनामा उत्रिएका थिए।

प्रतिक्रिया