दुई दिनदेखि हराइरहेका दाजुभाइ मृत फेला

राष्ट्रिय समाचार समिति

काठमाडौं, कात्तिक २० : दुई दिनदेखि हराइरहेका दाजुभाइ मृ’तावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृ’तावस्थामा फेला परेका हुन् ।

जिल्लाप्र’हरी कार्यालय नवलपुरका प्रमुख प्र’हरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । दुवै जनाको श’व बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो ।

प्र’हरी उपरीक्षक मल्लका अनुसार एक जनाको श’व खोलाको बाँधमा तैरिएको र अर्कोको श’व डुबेको अवस्थामा फेला परेको हो । दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृ’तावस्थामा फेला परेको प्र’हरी उपरीक्षक मल्लले बताए । मृ’त्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया