काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले कोरोनाको विषम परिस्थितिमा न्यू नर्मल अथवा नव–सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहन गर्ने अभियानको थालनी गरेको छ ।
कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार साँझ एक शर्ट फिल्म आफ्नो सामाजिक सञ्जालका पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको हो । ‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्रान्डको सार ‘आज, भोलि सधै सँगै’ अनुरुप सञ्चालन गरेको हो ।
यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउनको अवस्था, असर र अहिलेको विषम परिस्थितिको बेलामा नव–सामान्यीकरणका साथ कसरी अगाडि बढ्न सकिन्छ भनेर देखाइएको छ ।
यो अभियान सँगसँगै एनसेलले पहिले लकडाउनकाे बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने सङ्केत गरेको छ । यसअघि नै एनसेलले ‘अघि बढौँ’ भन्ने थिममा नारीका लागि विशेष सिम योजना ‘गो सिम’ ल्याइसकेको छ ।
लकडाउनका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्बाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।
एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनसलगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल नाै अर्ब ६४ करोडभन्दा बढी मूल्यको योगदान गरेको छ ।