नेकपा फुटाउन खोज्नेहरुको हालत बाबुराम भट्टराईको जस्तै हुन्छः नेता रिजाल

admin

काठमाडौं, कात्तिक २० : नेकपाका नेता रामप्रसाद रिजालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन खोज्नेहरुको हालत जसपा अध्यक्ष बाबुराम भट्टराईको जस्तै हुने भन्दै कडा व्यङ्ग्य प्रहार गरेका छन् । पछिल्लो समय नेकपामा भइरहेको चर्काचर्कीले नेकपालाई झन बलियो बनाउने उनको भनाई छ ।

नेता रिजालले बुधबार नेकपा फुट्छ भनेर उत्साहित हुनेहरुलाई नेकपामा भइरहेको चर्काचर्कीले नेकपालाई झन बलियो बनाउने र पार्टी लाई विधि र पद्धतिमा लैजादै सरकारलाई अझ प्रभावकारी बनाउने बताएका हुन् ।

नेता रिजालले नेकपा अझ बलियो परिष्कृत र विकसित हुने बताएका छन् । आफ्नो पार्टीका नेकपा फुटाउन खोज्ने नेताहरुलाई रिजालले पार्टी फुटाउन खोज्नेहरुको हालत वावुराम भट्टराई, अशोक राई र सीपी मैनाली जस्तै हुन्छ चेतना होस् भन्दै सचेत गराएका छन् । एमाले र माओवादी केन्द्रबीच फुट्नको लागि एकता भएर नेकपा नबनेको उनले बताए ।

प्रतिक्रिया