आज थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृ’त्यु

admin

काठमाडौं, कात्तिक २१ : पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

हाल ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै मृ’त्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ ।

प्रतिक्रिया