श्रीमतीमाथि ताताे तेल खन्याउने प’क्राउ

admin

धादिङ : नीलकण्ठ नगरपालिका ११ काे ज्यामरुङकी २० वर्षीया पूजा परियारलाई तातो तेल जिउमा खन्याएर ज्यान लिन खाेजेकाे आरोपमा उनका श्रीमान् २४ वर्षीय अश्विन परियारलाई प्र’हरीले प’क्राउ गरेको छ ।

फाइल फोटो

घरमा बसिरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पूजा घा’इते हुनुुभएको छ । तातो तेलले पोलेर उहाँकाे टाउको, ढाड, घाँटी, गोडा र हातमा पो’लेको छ ।

घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई प’क्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्र’हरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया