काठमाडौं, कात्तिक २४ : पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।सक्रिय संक्रमित संख्या ३६ हजार १७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या ११२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौं उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जना संक्रमित थपिएका छन् ।