ह’त्या गरी फरार व्यक्ति १६ वर्षपछि भक्तपुरबाट प’क्राउ

admin

काठमाडौं, कात्तिक २४ : १६ वर्षअघि ह’त्या गरी फरार भएका व्यक्ति प’क्राउ परेका छन्। प्रह’रीले झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार भक्तपुरबाट प’क्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई चाँगुनारायण नगरपालिका-७ बाट प’क्राउ गरेको हो।

काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको ह’त्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनले २०६१ साल माघ ११ गते राति ८ बजे सामाखुसीमा जीवन लोहनीको ह’त्या गरेका थिए।

जीवन लोहनीले गिरीका साथी प्रकाश लामाको कानमा लगाएको मुन्द्रा मागेका थिए। तर मुन्द्रा नदिएपछि जीवन लोहनीले प्रकाश लामामाथि कु’टपि’ट गरेका थिए। त्यही निहुँमा गिरीले लोहनीको ह’त्या गरेको प्र’हरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनलाई जिल्ला अदालत काठमाडौंले २०६४ असार ११ गतेको फैसलाले कैद सजाय तोकेको थियो। तर उनी फरार थिए। घटनापछि उनी केही समय विदेश गएका थिए। त्यहाँबाट फर्किएर पनि उनले आफ्नो नाम परिवर्तन गरेर बसेको प्र’हरी उपरीक्षक कार्कीले बताए।

उनले आफ्नो नाम सनोज गिरी राखेर बसेका थिए। ‘हामीले उनलाई लामो समयको फलोअप पछि प’क्राउ गरेका छौं,’प्रहरी उपरीक्षक कार्कीले भने,’यसले अ’पराधीहरू लुक्न सक्दैनन्। अ’प’राध गरेपछि प’क्राउ पर्छन् भन्ने सन्देश दिन्छ।’

प्रतिक्रिया