बाँके : चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्र’हरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई प’क्राउ गरेको छ। प्र’हरीले आज अस्पतालबाट उनीहरुलाई प’क्राउ गरेको हो।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनी मार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति प’क्राउ परेको जानकारी दिए।
जिल्ला प्र’हरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गरिदिन्थे।
उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ। पक्राउ परेका माथि अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ। प’क्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्र’हरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।