काठमाडौं, कात्तिक २७ : काठमाडौंको कंलकीस्थित मकालु पेट्राेल पम्प अगाडि कुखुरा बाेक्ने गाडी राेकिरहेकाे ट्रकमा ठो’क्किँदा ३ जनाकाे मृ’त्यु भएकाे छ । पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडीले बिहीबार ठ’क्कर दिँदा साेही कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृ’त्यु भएकाे हाे ।
महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बाेहाेराले घाइते ४ जना मध्ये ३ जनाको मृ’त्यु भएको र १ जना घा’इते भएको जानकारी दिए ।कुखुरा बाेक्ने गाडीमा सवार ४ जना नजिकै रहेकाे कलंकीस्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जना व्यक्तिको मृ’त्यु भएको डिएसपी बाेहाेराकाे भनाइ छ ।
मृ’त्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेको डीएसपी बोहराले जानकारी दिए ।
यस्तै दु’र्घटनामा घा’इते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै गाडीका चालकलाई प्र’हरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।