काभ्रेमा ३१ जनाले कोरोना भाइरस जिते, आज नयाँ संक्रमितको संख्या शुन्य

admin

 काभ्रे मंसिर २ :  काभ्रेमा ३१ जना कोरोना भाइरस मुक्त भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज एकैदिन ३१ जनाले कोरोना भाइरस जितेका हुन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या १ हजार ७ सय ३४ पुगेको छ ।

जसमा १ हजार ७१ जना पुरुष र ६ सय ६३ जना महिला रहेका छन् । यसैबीच आज फेरी एक जना पनि कोरोना संक्रमित नथपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा कोरोना संक्रिमको संख्या २ हजार २ सय ४३ जना पुगेको छ ।

यस मध्ये जिल्लामा हाल सक्रिय सक्रिमितको संख्या ४ सय ७८ रहेको छ । जिल्लामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । २१ जना पुरुष र १० जना महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । संक्रमण भएपछि आफ्नै घरको आइसोलेसनमा ४ सय ३९ जना रहेका छन् भने ३९ जना मात्रै अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया