सुत्केरी र शिशु ज्या’न गयो

admin

दैलेख, मंसिर ४ : दैलेखको नारायण नगरपालिका- ११ विन्ध्यवासिनीमा सुत्केरी र शिशुको ज्या’न गएको छ । १८ वर्षकी दीपा विक र नवजात शिशुको ज्यान गएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी विक र नवजात शिशुको ज्यान गएको दीपाका देवर पूर्ण विकले बताउनुभयो ।

हिजो भगवतीमाई गाउँपालिका-२ माइतीघरको आँगनमा चिप्लिएर लडेपछि उहाँलाई उपचारका लागि सुर्खेत लगिएको थियो । स्वास्थ्यकर्मीले आउँदो २५ गते बच्चा जन्मने मिति दिएका थिए । पेटमा लागेको चोटका कारण ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया