२१०३ जना कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

admin

काठमाडौं, मंसिर ४ : पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २८५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त डिस्चार्ज हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।


सक्रिय संक्रमित संख्या २८ हजार १ सय ६ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृ’त्यु भएको छ । योसँगै १ हजार २७६ जना संक्रमितको मृ’त्यु भइसकेको छ ।

प्रतिक्रिया