नवलपरासी : नवलपरासीमा भ्यानले अटो रिक्सालाई ठ’क्कर दिँदा एक जनाको मृ’त्यु भएको छ। बिहीबार दिउँसो ३ बजे नवलपरासी सरावल गाउँपलिका-१ बासा चोकस्थित पूर्व-पश्चिम राजमार्गमा दु’र्घट’ना भएको हो।
पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश ३-०१-०२३ च ५७६६ नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको लु १ ह ८१० नम्बरको अटो रिक्सालाई ठ’क्कर दिएको हो। ठ’क्कर दिँदा अटो रिक्सामा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-११ का ५५ वर्षीय दुर्गाबहादुर विकको मृ’त्यु भएको हो।
त्यस्तै, रिक्सामा सवार अन्य चार जना घा’इते समेत भएका छन्। प्र’हरी निरीक्षक राजिव श्रेष्ठका अनुसार उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा पौने ५ बजे मृ’त्यु भएको हो।
दु’र्घट’नाबाट अटो रिक्सा चालक तिलोत्तमा-११ का ३६ वर्षीय जगराम चौधरी, ४० वर्षीया दुर्गा विक, ५० वर्षीया सन्त कुमारी विक र ४२ वर्षीया फुलमाया विक घा’इते भएका छन्। उनीहरूको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। ठ’क्कर दिने भ्यान र चालक प्र’हरीको नियन्त्रणमा छ।