काभ्रेमा कोरोना संक्रमित ६४ जना डिस्चार्ज, थप ३६ जनामा संक्रमण पुष्टि

admin

काभ्रे, मंसिर ५ : काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज ६४ जना उपचार पछि निको भएर घर फर्किका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये १ हजार ८ सय ६५ जना भाईरस मुक्त भएका छन् ।

उनीहरु मध्ये १ हजार १ सय ४४ जना पुरुष र ७ सय २१ जना महिला छन् । यस्तै जिल्लामा आज थप ३६ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिने संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ५ जना महिला र ७ जना पुरुष रहेका छन् ।

यस्तै बनेपा नगरपालिकाका २ जना महिला र ९ जना पुरुष, पनौती ३ जना महिला ५ जना पुरुष, पाँचखालमा १ जना पुरुष र १ जना महिला, मण्डनदेउपुरका १ जना महिला र १ जना पुरुष र नमोबुद्धका १ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ३३ पुगेको छ ।

अझै जिल्लामा ४ सय ३५ जना सक्रिय संक्रमित छन् । हाल जिल्लाको २ वटा अस्पताल आइसोलेसनमा १७ जना छन् भने होम आइसोलेसनमा ४ सय १८ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया